काठमाडौँ । देशका विभिन्न स्थानमा दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ स्थित सडकमा क.प्र.०२-००१ प ७४६१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने ५० वर्षीया टिका सुनारको मृत्यु भएको छ । मंगलबार राति उक्त मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता बाँकेको बैजनाथ गाउँपालिका-५ दल्लिपुरस्थित सडकमा भे.१ त ९५० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २४ वर्षीय शिव कुमार यादवको मृत्यु भएको छ । दुर्घटनाका गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै कपिलवस्तुको बिजयनगर गाउँपालिका-६ बद्रौवरस्थित सडकमा लु.३४ प २२२२ नम्बरको मोटरसाइकल र युपि ५५ वाई २११३ नम्बरको मोटरसाइकल बुधबार राति एकआपमा ठक्कर खाई दुर्घटना हुँदा लु.३४ प २२२२ नम्बरको मोटरसाइकल चालक बिजयनगर गाउँपालिका-२ मधवानगर बस्ने २७ वर्षीय गिरीजा बाबु थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी...
काठमाडौं । बारामा प्रहरीको गोली लागेर घाइते भएका युवा आदित्य पासवानलाई काठमाडौँ ल्याइएको छ । शनिवार अस्पताल उद्घाटनको विषयमा बाराको फेटा गाउँपालिकामा झडप हुँदा करिब...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend