काठमाडौ । बालुवाटारस्थित ललितानिवासको जग्गा गैरकानुनी रुपमा दर्ता गर्ने अभियुक्तहरुबिरुद्ध सात दिनको म्याद थप भएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई घटनाको थप अनुसन्धान गर्ने बाटो खुलेको छ ।
ललिता निवासको सरकारी जग्गा कीर्ते गरी दर्ता गर्ने कार्यमा संलग्न अन्य अभियुक्तलाई पनि पक्राउ गर्ने तयारी छ । अधिकांश बिरुद्ध पक्राउ पूर्जी जारी भइसकेको सीआईबीले जनाएको छ । ललिता निवासको सरकारी जग्गा गैरकानुनी रुपमा दर्ता गर्नेमा सर्वोच्च अदालतका बहालवाला न्यायाधीश कुमार रेग्मी पनि छन् । जग्गा हिनामिना गर्ने क्रममा सरकारको कार्यकारी तहमा रहेकाहरूलाई सीआइबीले पक्राउको पहिलो सूचीमा राखेको छ, जसमा करिब ४० जना छन् ।
सीआइबीका अनुसार ललिता निवासको जग्गा दर्ता गर्ने कार्यमा संलग्न सम्बन्धित मन्त्रालयका तत्कालीन मन्त्री, सचिव, सहसचिव, उपसचिव, सम्बन्धित विभागका महानिर्देशक, प्रशासक, उपसचिव, कार्यालय प्रमुख रहेका छन् ।
सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सबै किसिमका कानुनी प्रबन्ध मिलाउने र अदालतमा बहसमा समेत उत्रिएका तत्कालीन वरिष्ठ अधिवक्ता तथा सर्वोच्च अदालतका बहालवाला न्यायाधीश कुमार रेग्मीसमेत सिआइबीको सूचीमा रहेको समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ–रेग्मीले जग्गा फिर्ता गरेको भनिएको छ । तर, फिर्ता गरिएको जग्गा पर्याप्त नभएको सिआइबीको दाबी छ ।
न्यायाधीश रेग्मीले नेकपाको एकता नै खारेज गरी नेकपा एमाले र माओवादीलाई ब्यूँताइदिएका थिए । जसको ठूलो लाभ केपी ओली अध्यक्ष रहेको एमालेलाई भयो । माओवादीलाई नोक्सान भएको थियो । माओवादीका नेता कार्यकर्ता राजनीतिक भविष्य सुरक्षित गर्न एमालेमै रहे । एमालेले रामबहादुर थापा बादलदेखि लेखराज भट्ट, ज्वालाकुमारी साहलाई प्रलोभन दिएर एमालेमै राखेको थियो ।
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
काठमाडौं । लेनदेनको विषय नमिल्दा बाँकेको नौबस्ता कारागार १७ गते शनिवार रणभूमिमा परिणत भएको छ । दर्जनौं कैदी घाइते भएका छन् केहीलाई अस्पतालमा लगिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend