Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य


    बुधबार, असार १३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको मूल्यसूची सार्वजनिक गरेको छ ।

    समितिले सार्वजनिक गरेको मूल्यअनुसार लोकल गाँजर प्रतिकेजी न्यूनतम ११० रुपैयाँ, भारतीय प्याज सुकेको प्रतिकेजी ४३, घिउ सिमी लोकल ८०, कुरिलो प्रतिकेजी २००, काउली स्थानीय ६० रुपैयाँ , आलु रातो ४४, नेपाली गोलभेँडा ठूलो ४५, टनेल गोलभेँडा सानो १२, लौका ७० कायम भइ कारोबार भइरहेको छ ।

    यस्तै, डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ , ब्रोकाउली ६०, कागती १५०, तोरीको साग ४०, न्यूरो ७०, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काँक्रो ६०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

    समितिका अनुसार केरा दर्जन १३०, अनार ४०० रुपैयाँ, एभोकाडो ६०० रुपैयाँ, अंगुर कालो ५८०, हरियो खुर्सानी अकबरे १२० रुपैयाँ, रहु माछा ३१५, ताजा माछा (मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

    यस्तै, मालदह आँप ७०, हरियो धनियाँ १५०, लोकल लिच्ची ९०, खुर्सानी सुकेको ४५०, लसुन १६०, चाइनिज लसुन २१०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार