Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वीमिङ पुलमा डुबेर १ जनाको मृत्यु


    सोमबार, असार ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा स्वीमिङ पुलमा डुबेर एक जनाको ज्यान गएको छ । कागेश्वरी मनोहरा नगरपालिका–७ को शुभश्री बैंक्वेटको स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको हो।

    प्रहरीका अनुसार शनिबार साढे ३ बजे पौडी खेल्ने क्रममा डुबेर मूलपानीका १९ वर्षीय प्रभास अधिकारी गम्भीर घाइते भएका थिए । तत्काल उद्दार गरेर उपचारका लागि मदरल्याण्ड अस्पतालमा लगिएकामा थप उपचारका लागि सिभिल अस्पताल रिफर गरिएको थियो ।

    बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा ४ः४५ बजे उनको मृत्यु भएको प्रहरीले बताएको छ । उनको उपचारका लागि सँगै गएका दोलखा घर भइ मुलपानी बस्ने १९ वर्षीय सुरेन्द्र दाहाल पनि अस्पतालमा बेहोस भएका थिए । उनको थप उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार