स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा झन्डै ४ करोड राजस्व उठाएको छ । २०७९ साउन १ गते देखि २०८० असार १० गते सम्म नगरपालिकाले ३ करोड ९१ लाख ९५ हजार ९० रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि राखेको लक्ष्य नजिक पुगेको सङ्केत देखाएको छ । घर जग्गा रजिष्ट्रेशन, सम्पत्ति कर, घरबहाल कर, नक्सापास कर लगायत २६ प्रकारका सेवा बापत नगरपालिकाले आन्तरिक कर उठाउँदै आएको छ ।
आर्थिक वर्ष २०७९/०८० का लागि नगरपालिकाले झन्डै ६ करोड भन्दा बढी राजस्व उठाउने लक्ष्य लिएको थियो । जग्गाको आर्थिक कारोबार नहुँदा नगरपालिकाले सोचे अनुसारको राजस्व संकलनमा भने धक्का पुगेको छ । घरजग्गाको कारोबार यो वर्ष ठप्प भयो लेखा प्रमुख ज्ञानप्रसाद अर्यालले भन्नुभयो, ‘जसले गर्दा घरनक्सा, सिफारिस सबै बन्द भए ।’ लक्ष्य पुरा हुन नसके पनि आर्थिक मन्दीका कारण अहिलेसम्म सङ्कलन भएको राजस्व सन्तोषजनक रहेको उहाँको भनाई छ । नगरपालिकाले सिफारिस दस्तुरबाट सबै भन्दा धेरै राजस्व संंकलन गरेको तथ्यांक देखिएको छ । जसबाट हालसम्म ६० लाख ६० हजार ६ सय २६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
दोस्रोमा सम्पत्ति कर, तेस्रोमा घर बहाल कर र चौथोमा नक्सापास दस्तुरबाट राजस्व सङ्कलन धेरै उठेको तथ्यांक देखिएको छ । सम्पत्ति करबाट ५२ लाख ८४ हजार ३ सय ७५, घर बहाल करबाट ४५ लाख २८ हजार ९ सय २०, नक्सापास दस्तुरबाट ४१ लाख ३२ हजार ३ सय २१ रकम राजस्व सङ्कलन गरेको वालिङ नगरपालिकाले जनाएको छ । नगरपालिकाले सबैभन्दा थोरै कर स्वास्थ्य सेवा करबाट उठाएको छ । हालसम्म यो सेवाबाट १ हजार राजस्व सङ्कलन भएको छ । अहिलेसम्म सङ्कलन भएको राजस्वमा ढुंगा, गिट्टी र बालुवाको दस्तुर राखिएको छैन ।
यसबाट झन्डै ४० लाख राजस्व जम्मा हुने नगरपालिकाले जनाएको छ । ६ करोड भन्दा बढीको लक्ष्य लिइए पनि ५ करोड भन्दा बढी राजस्व असार मसान्त सम्म सङ्कलन हुने विश्वास नगरपालिकाले लिएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend