Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललितपुर महानगरले ६ अर्ब ५० करोडको बजेट ल्यायो


    आइतबार, असार १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ।

    आज मानभवनको एक पार्टी प्यालेसमा आयोजित नगरसभामा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।

    महानगरले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार, चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार प्राप्त हुने अनुमान छ।

    उपप्रमुख शाक्यका अनुसार राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब प्राप्त हुनेछ।

    यस्तै, १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेको छ।

    महानगरले बजेटमा सडक पूर्वाधार र सम्पदामा जोड दिएको छ। यस्तै विपद व्यवस्थापन डिआरआर सव- सेन्टर स्थापना तथा संचालन, पाटन दरबार इलिमिनेसन प्रोजेक्ट-हरियाली/पार्क निर्माणमा जोड दिएको छ।

    त्यस्तै, प्रत्येक वडामा सार्वजनिक शौचालय र आयोजना बैंक निर्माणमा पनि महानगरले जोड दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार