Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शशांक कोइरालाले भने- कांग्रेस छियाछिया भयो, पुनः जीवन दिनुपर्ने खाँचो छ


    आइतबार, असार १० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेसलाई पुनः जीवन दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्।

    आज पार्टीनिकट नेपाल प्रेस युनियन, काठमाडौँ शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुनः जीवन दिनुपर्ने खाँचो रहेको बताए।

    नेता कोइरालाले कांग्रेसलाई बचाउनको लागि शुभेच्छुक संस्थाहरुले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताए।

    उनले भने, ‘नेपाली कांग्रेस छियाछिया हुन थालेको छ। अब यसलाई कसरी हामीले पुनः जीवन दिने हो? जाडोको याममा पात झरेको देख्नुभएको छ? पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई कि ऊ जाडोयामलाई छलेर जब वसन्त ऋतु आउँछ फेरि हरियो भएर जान्छ। त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ। यो नेचुरल प्रक्रिया हो। आउँदो भविष्यमा नेपाली कांग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार