Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं महानगरपालिकाले ल्यायोे २५ अर्ब ५४ करोड बजेट


    आइतबार, असार १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ ।काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट पेश गरेको छ ।

    उपप्रमुख सुनिता डंगोलले आज नगरसभाको १३ औँ बैठकमा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बराबरको आयव्यय विवरण प्रस्तुत गरिन् ।

    डंगोलले आगामी वर्ष सशर्त अनुदानतर्फ १ अर्ब ४५ करोड ६२ लाख ४६ हजार, निःशर्त अनुदानतर्फ ७९ करोड ३६ लाख ३० हजार, आन्तरिक आयतर्फ ६ अर्ब ३९ करोड २० लाख र बैंक मौज्दात ११ अर्ब ७५ करोड, राजस्व बाडफाडतर्फ २ अर्ब १६ करोड ५९ लाख ४४ हजार र सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयोजनाको २ अर्ब ९९ करोडसमेत गरी २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेकी छन् ।

    उनले महानगरपालिकाले महानगर गौरवका १० योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेकी छन् । त्यस्तै, महानगर स्वर्णिम योजनाअन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाहरूमा २ अर्ब रुपैयाँ विनियोजन भएको छ ।

    वडाहरूबाट तोकिएका सीमाको अधीनमा रही खर्च गर्ने गरी १ अर्ब ७६ करोड रुपैयाँ विनियोजन भएको छ । महानगरपालिकाले गरिखाने शिक्षा, महानगरको इच्छा योजनाअन्तर्गत कार्यक्रम सञ्चालनका लागि ५० करोड विनियोजन गरेको छ ।

    महानगरपालिकालाई हराभरा र सुन्दर बनाउन ५ करोड, सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा योजनाअन्तर्गत शहरी स्वास्थ्य क्लिनिकहरूको प्रवर्द्धनका लागि ३५ करोड, सहुलियत मूल्यमा औषधि उपलब्ध गराउने योजनाअन्तर्गत ६ करोड, नगर अस्पतालका लागि १० करोड र स्वच्छ भान्छा कार्यक्रमका लागि ३ करोड ५० लाख रुपैयाँ छुट्याएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार