Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्री श्रेष्ठको दाबी– शरणार्थी प्रकरणमा अनुसन्धान जारी छ, प्रमाणका आधारमा थप कारबाही अघि बढ्छ


    आइतबार, असार १० २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेको र तथ्य एवं प्रमाणका आधारमा थप कारबाही अगाडि बढ्ने दाबी गरेका छन्।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मन्त्रालयले ठोस पहलकदमी लिएका कारण केही पात्र जेलमा पुगिसकेको उनले बताए ।

    विनियोजन विधेयकअन्तर्गत गृह मन्त्रालयको छलफलमा उठेका प्रश्नको आइतबार प्रतिनिधिसभामा जवाफ दिँदै मन्त्री श्रेष्ठले अनुसन्धान प्रक्रिया चलिरहेकाले तथ्य र प्रमाणका आधारमा कारवाही अगाडि बढाउने बताएका हुन् ।

    ‘नेपाली नागरिकलाई अनागरिक बनाएर अर्काको देशमा शरणार्थीको रूपमा पठाउने जुन प्रवृत्तिले काम गरिरहेको थियो, त्यसको अनुसन्धान गर्दै कानूनको दायरामा ल्याउने काम भएको छ । ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध र कीर्ते काम गर्ने यस प्रकारका गतिविधिलाई पूरै दण्डित गर्नका लागि ठोस पहलकदमी लिएको अवगतै छ,’ मन्त्री श्रेष्ठले भने, ‘केही पात्रलाई अभियोजन प्रक्रिया अगाडि बढेको छ । केही अनुसन्धानको प्रक्रिया अझै अगाडि बढिरहेको छ । तथ्य र प्रमाणका आधारमा थप काम कारवाही अगाडि बढ्ने प्रस्ट छ ।’

    मन्त्री श्रेष्ठले सुराकी खर्चको नाममा गृहमन्त्री र सचिवले तजबिजमा लिने गरेको खर्च कटौती आफ्नै पालामा शुरू गरेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार