काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा बजेट नघाएको दाबी गरेका छन्। आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा शिक्षाको बजेट नघाएको स्पष्ट पारेका हुन्।
उनले भने,’बजेटको आकार चालु आर्थिक वर्षको भन्दा सानो हुँदा पनि आगामी वर्षको बजेटमा शिक्षाको बजेट घटाइएको छैन।’
प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साचो नभएको बताए। उनले संघीयताको मर्मअनुरुप संघबाट प्रदेश र स्थानीय तह वित्तीय हस्तान्तरणको १५ प्रतिशत बढि रकम मधेश प्रदेशमा जाने गरेको बताए। यसका अतिरिक्त संघबाट संचालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगन्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती कमला चन्द्र नहरलगायत सिँचाइ आयोजनाहरू तराई मधेशलाई लक्षित गरी अगाडि बढिरहेको बताए।
मधेशलाई काठमाडौं जोड्ने द्रूतमार्गलगायतका ठूलो परियोनाहरू पनि मधेश प्रदेशमा पर्ने र तिनको समयवद्ध कार्यान्वयनका लागि यथोचित बजेट विनियोजन गरिएको भन्दै प्रधानमन्त्रीले वीगन्जको विकास सरकारको प्राथमिकतामा रहेको बताए।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend