Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमाथि सुनुवाइ सुरु, आजै आदेश आउने


    बिहिबार, असार ७ २०८०
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

    वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेको रिट न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको छ।

    उक्त बहसका लागि सुरुमा रिट निवेदकका तर्फबाट र त्यसपछि सरकारी वकिललाई बहस गर्नका लागि समय निर्धारण गरिएको छ।
    आज बहसका लागि ४:३० बजेसम्मको समय उपलब्ध गराइएको छ। दुवै पक्षको बहस सकिएपछि आजै आदेश आउने सम्भावना रहेको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ‘विवादित’ नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अदालतमा रिट परेको हो। यसअघि संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता गरिदिएकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार