काठमाडौं। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम चलाउनेले आफुमाथि भएको साङ्घातिक हमलाका मूख्य आरोपित लगायत घटनामा संलग्नविरुद्धको मुद्धा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णयविरुद्ध दायर गरेको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको छ।
चलाउनेले जिल्ला अदालत काठमाडौंमा रहेको ज्यान मार्ने उद्योगको मुद्दा सरकारले फिर्ताका लागि निवेदन दिएपछि न्याय माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले चलाउनेमाथि आक्रमण गरेका थिए। उक्त आक्रमणमाथि अनुसन्धान गर्दै सरकारले जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो।
उक्त मुद्दा असार ५ गते फैसलाका लागि पेसी तोकिएको थियो। तर सरकारले त्यसको अघिल्लो दिन मुद्दा फिर्ताका लागि निवेदन दिएपछि सुनुवाइ नै भएन। न्यायाधीशले इजलासमा हैन फाँटमा निवेदन पेस गर्ने भनेपछि सुनुवाइ रोकिएको थियो। अर्को सुनुवाइमा मुद्दा फिर्ता हुने भएपछि त्यसलाई रोक्न माग गर्दै चलाउनेले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
आज सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा फिर्ता लिने सरकारको निर्णय रोकिनेछ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend