Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बजेट पुस्तिका सच्याएर प्रदेशको नाम राख्न सभामुख घिमिरेको निर्देशन


    मंगलबार, असार ५ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रालगत कार्यक्रम समावेश भएको पुस्तिकाहरुमा प्रदेशको नाम राख्न सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएको छ ।

    शहरी विकास मन्त्रालयबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश गरिएको पुस्तिकामा लुम्बिनी प्रदेशको नाम समावेश नभएपछि नेकपा एमालेले नियमापत्ति गरेको थियो । शहरी विकासमन्त्री सीता गुरुङले यदि त्रुटि भएको रहेछ भने सच्याउने बताइन् । सभामुखले सरकारको प्रतिवद्धता आइसकेकाले छलफल अघि बढाउने बताए ।

    तर एमाले सांसद छविलाल विश्वकर्माले प्रदेशसभाले राखिसकेको नाम बजेट पुस्तिकामा नराख्नु संविधान विपरीत हुने बताए । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रदेशको नाम छुटाउनु सरकारको गल्ती भएको बताए । तर सभामुखले रुलिङ गरिसकेपछि पनि आफूले भनेअनुसार नै रुलिङ हुनुपर्छ भनिरहने हो भने अर्कै ठाउँमा पुग्ने बताएपछि सभामुखले प्रतिनिधिसभा बैठक रोकेर दलका प्रतिनिधिको छुट्टै छलफल राखे ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार