Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • सांसदको विरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित


    मंगलबार, असार ५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सभामुख देवराज घिमिरेको ‘रुलिङ’ मान्ने र नमान्ने विवादका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

    मंगलबारको संसद् बैठकमा नेपाली कांग्रेसले सभामुखको रुलिङ स्वीकार गर्दै अघि बढ्न प्रस्ताव गरेको थियो । तर, नेकपा (एमाले)ले रुलिङमा एकरूपता हुनुपर्ने भन्दै अस्वीकार गरेपछि सभामुख घिमिरेले बैठक नै १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

    “सभामुख महोदय, सरकारका तर्फबाट गम्भीर त्रुटिहरू भइरहेका छन् । सत्तापक्षले समेत उठाउने विषय प्रतिपक्षले उठायो, ठिक गरेको छ । हिजो पर्यटन मन्त्रालयले त्रुटि गरेर रुलिङ भएको थियो, आज सहरी विकास मन्त्रालयले त्यही गल्ती दोहोर्‍याएको छ,” कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, “गल्ती भएकै हो । प्रतिपक्षले आफ्नो धर्म ठिकसँग निर्वाह गरेकै छ । तर, सभामुखले गरेको रुलिङ स्वीकार गरेर जाऔँ ।”

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार