Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीका २३ घुमुवा एक महिनादेखि थुनामा


    आइतबार, चैत्र १६ २०७६
    725
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । जिम्मेवारीविपरीत गतिविधिमा लागेको आरोपमा प्रदेश नम्बर १ का विभिन्न जिल्लामा सादा पोसाकमा काम गर्ने २३ प्रहरी एकमहिनादेखि थुनामा छन् ।

    उनीहरुलाई बाहिर जान नदिई गणमा राखिएको छ । प्रदेश न १ प्रहरी कार्यालयले घुमुवा प्रहरीका नामले चिनिने सादा पोसाकमा काम गर्ने प्रहरीहरुमाथि शुद्धीकरण अभियान सुरु गरेको हो ।
    तर ती प्रहरीले भने विना कुनै कारण आफूहरुलाई घर जान समेत नदिई थुनामा राखेर यातना दिइएको भन्दै असन्तुष्टी जनाएका छन् ।

    प्रदेश प्रहरी कार्यालयले विभिन्न जिल्लामा कार्यरत २४ जना सादा पोसाकमा कार्यरत प्रहरीले तालिम दिएको थियो । त्यसपछि १० असोजदेखि उनीहरुलाई विराटनगरको रानीस्थित प्रहरी गणमा राखिएको छ । (नयाँ पत्रिका दैनिकबाट)
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार