काठमाडौं । काठमाडौँ महानगरपालिकाले आज बाट कुनैपनि हिन्दी सिनेमा प्रदर्शन गर्न दिएको छैन्।
दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को विवादलाई लिएर महानगरपालिकाका मेयर बालेन्द्र शाहले यो कडा कदम चालेका हुन् ।
तर, बालेनको निर्णयले काठमाडौंबाहिर प्रभाव नपर्ने भएकाले देशका अन्य स्थानमा भने निर्वाध रुपमा भारतीय फिल्म चलिरहेका छन् । काठमाडौं उपत्यकाभित्रकै ललितपुर र भक्तपुरमा पनि भारतीय फिल्ममाथि रोक लगाइएको छैन । ललितपुरका मेयर चिरिबाबु महर्जन आफ्नो महानगरमा हिन्दी फिल्ममाथि प्रतिबन्ध नलगाइने बताउँछन् ।
महर्जनले काठमाडौंका मेयरले जे गरे, सबैले त्यसलाई नै पछ्याउनुपर्छ भन्ने आवश्यकता नरहेको बताए । आदिपुरुषले त्रुटि गर्यो भन्दैमा सबै हिन्दी फिल्म रोक्नु गलत भएको पनि उनको टिप्पणी छ ।
महर्जन भन्छन्, ‘हामीले भारतीय फिल्मलाई रोक लगाउने विषयमा कुनै छलफल गरेका छैनौँ । सबै हिन्दी फिल्मलाई रोक लगाउनुपर्ने आवश्यकता पनि छैन ।’
‘आदिपुरुष’ मा जानकीलाई भारतकी छोरी भनिएको संवाद सच्याइयो भने त्यो पर्याप्त हुने उनले बताए ।
‘त्यो मुभी चाहिँ बन्द होस । तर, अरू मुभी किन बन्द गर्नु ? उनले भने ।
तर राष्ट्रियतासँग जोडिएको विषयमा स्थानीय तहहरूले एउटै नीति अख्तियार गर्दा राम्रो हुन्थ्यो कि भन्ने प्रश्नमा महर्जनले जवाफ दिए, ‘बालेनले गरेको कुरा हामीले पनि गर्नै पर्छ भन्ने जरुरी छ र ? उहाँले गर्नुभयो, ठिक छ । सबैको आआफ्नो शैली हुन्छ । उहाँको शैली, स्टाइल र फर्म्याट हामीले फलो गर्नुपर्छ भन्ने कुनै पनि बाध्यता छैन ।’
महर्जनले ललितपुर महानगरले गरेका थुप्रै राम्रा कामहरूलाई बालेनले अनुसरण नगरेको बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend