काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बीमा कार्यक्रमलाई धरासायी बनाउन सरकारी संस्थाले नीतिगत रुपमै ठगी गर्दै आएको गुनासो गरेकी छन् ।
आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद कार्कीले शहीद धर्मभक्त मानव प्रत्यारोपण केन्द्रले डायलाइसिस गराइरहेका बिमितसँग अत्यधिक रकम असुल गरेको आरोप लगाइन् ।
‘निकै लाजमर्दो विषय उठान गर्दैछु । राज्यको ठगीको नमुना छ । मसँग शहीद धर्मभक्त मानव प्रत्यारोपण केन्द्रको एउटा बिल छ । यो डायलासिस गराइरहेका बिरामीको बिल हो’, डा. कार्कीले भनिन् ,‘यसमा इपोफिट नामक औषधिको बिक्री मूल्य १४०५ रुपैयाँ छ । यसको खाली खोल पनि मसँग छ जसमा अधिकतम खुद्रा मूल्य ५ सय भारू अर्थात नेपाली ८ सय पर्न आउँछ ।’
उक्त औषधिमा ७५ प्रतिशत बढी नाफा खाएको भन्दै यसरी गरिब नागरिकलाई राज्यले ठगी गरेको बताएकी छिन् ।
‘२० प्रतिशत अधिकतम पाउनेमा यहाँ ७५ प्रतिशत बढी छ । मेरो प्रश्न छ राज्यले कति नाफा खाएसम्म यो कालोबजारी नमानिने हो या कालोबजारी मानिने हो ? यसरी संस्थागत रुपमै नागरिकलाई स्वास्थ्य बीमाबाट भुक्तानी हुन्छ भन्दैमा नागरिकलाई ठग्न मिल्छ ?’ उनले प्रश्न गरेकी छिन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend