Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीकै सल्लाहमा इश्वर पोखरेलका सम्धीको नियुक्ति भाँडियो, बन्धुको फाइल सामान्यमै थन्कियो


    शनिबार, भाद्र २७ २०७७
    560
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलका सम्धी प्राडा उपेन्द्र कोइराला तत्काल राष्ट्रिय बाणिज्य बैकको अध्यक्षमा नियुक्त नहुने भएका छन्  । उनले सातांै पटक नियुक्ति पाएको बिषयमा सामाजिक संजालमा मात्र होइन पार्टीपंक्तिमा समेत बिरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै उनलाई तत्काल बैंकको अध्यक्ष नियुक्ति नगर्न निर्देशन दिएको अर्थमन्त्रालयको उच्च स्रोतले बताएको छ । लोकतन्त्र प्राप्तीको आन्दोलनमा कुनै योगदान नभएका कोइरालाले पटक पटक नियुक्ति पाएको बिषयमा चर्को बिरोध हुँदैआएको छ । उपकुलपति भइसकेका कोइरालाले राजदूत पदमा नियुक्ति भएको भए स्वभाविक मानिन्थ्यो, तर उनले बाणिज्य बैंकको संचालक पद समेत नछोडेपछि उनको पदलोलुप प्रबृत्ति उजागर गरेको छ । 
     अर्थमन्त्री डा. युवराज खतिवडाले दबाबमा परी विवादमा पर्नसक्ने संभावना हुँदाहुँदै उनलाई २०७७ भदौ ५ मा राष्ट्रिय बाणिज्य बैंकको संचालकमा नियुक्त गरेका थिए । भदौ १० मा अध्यक्षमा चयन गर्ने मिति तय भए पनि ब्यापक बिरोध भएपछि उनको नियुक्ति हुन सकेन । त्यसपछि बाणिज्य बैंकको संचालक समितिको बैठक पटक पटक राखिए पनि उनलाई नियुक्ति गरिएको छैन । प्रधानमन्त्री ओलीकै संकेतमा उनको नियुक्ति रोकिएको स्रोतको दाबी छ । कोइरालाको नियुक्ति रोकिनुलाई नागरिकको बिरोधलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेको अर्थमा पनि लिइएको छ ।
    कोइराला २०५१ सालको तत्कालीन एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक भए । खाद्य संस्थानको महाप्रबन्धक भएपछि उनी महेन्द्र मोरङ बहुमुखी क्याम्पसको प्रमुख बनाइए । त्यसपछि बिराटनगरकै स्नातकोत्तर क्याम्पसको प्रमुख भए । २०६१ मा इश्वर पोखरेल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भएको समयमा उनी आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका थिए । आयल निगमको कार्यकारीबाट कार्यकाल सकिएपछि बीचमा केही समय खाली बसे । त्यसपछि पुनः उनी उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षमा नियुक्त भए । उच्च मावि शिक्षा परिषदको उपाध्यक्षबाट निवृत्त भएपछि केही समय राजेन्द्र खेतानको लक्ष्मी बैंकको अध्यक्ष भए । पुनः कोइरालो मध्यपश्चिमान्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भए । मध्यपश्चिमान्चल विश्वविद्यालयको भीसीको कार्यकाल  सकिएको केही महिनामात्र भएपछि उनलाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइएको छ । 
    यसैबीच, रक्षामन्त्री पोखरेलका बन्धु सेवन्तक पोखरेललाई कोलकाताको इकोनोमिक काउन्सिलरमा पठाउनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहमतिका लागि फाइल पठाइएकोमा अहिलेसम्म निर्णय हुन सकेको छैन । उपसचिव पोखरेललाई पठाउनका लागि सामान्यमा फाइल पठाएको एक महिना भए पनि नआएको अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले बताएका छन् । उनले भने, ‘एक महिना भयो, सहमतिका लागि पठाएको तर निर्णय भएर आएको छैन ।’
    सेवन्तक पोखरेल अर्थमन्त्रालयका सय भन्दा बढी राजस्व समूहका उपसचिवमा सबैभन्दा भाग्यमानीमा पर्दछन् । अधिकृत हुँदा बीरगंज भन्सारमा बसी अकूत आर्जन गरे । उपसचिव बढुवा हुनासाथ त्यही भन्सारमा पदस्थापन भएर ३ बर्षसम्म तस्करीको लाइन दिएर अथाह कमाउनेमध्येमा उनी पर्दछन् । अर्थमा उनीमात्रै सबैभन्दा बढी अवसर पाउनेमा पर्दछन् । तर इकोनोमिक काउन्सिलरको पदमा पनि उनैले मौका पाउने भएका छन् । यसरी मौका पाउनुको कारण सबै मन्त्री पोखरेलका बन्धु हुनु हो भन्दछन् अर्थका अधिकारीहरु । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार