काठमाडौँ। आज सोमबार नेप्से परिसूचक ७.७९ अंकले उकालो लागेको छ।
यस दिन नेप्से ०.३९ प्रतिशतले बढेर १९८७.८७ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँमा सीमित भएकाे छ।
यस दिन २८५ वटा धितोपत्रको ७४ लाख ५४ हजार ७ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यसदिन अभियान लघुवित्त र कालिञ्चोक दर्शनको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
भूगोल इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशत र सिटी होटल र चन्द्रागिरी हिल्सको सेयर मूल्य ९.९८ प्रतिशतका दरले वृद्धि भएको छ।
यसैगरी, प्रभु स्मार्ट फण्डको इकाइ मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ६६ पैसामा झरेको छ।
यस्तै, सगरमाथा जलविद्युतको सेयर मूल्य ३.९० प्रतिशतले घटेर प्रति कित्ता मूल्य २८८ रुपैयाँ ३० पैसामा सीमित भएको छ। सोमबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३७५ रुपैयाँ ३० पैसामा १५ करोड २८ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ८.४७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन डिष्टिलरी ररहेको छ। उक्त कम्पनीको प्रतिकित्ता दुई हजार ४५ रुपैयाँमा १० करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये छ समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक बढेको छ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend