काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा प्रकाशजङ्ग कार्की निर्विरोध निर्वाचित भएका छन् । जेठ २७ र २८ गते काठमाडौंमा भएको संगठनको महाधिवेशनले अध्यक्ष कार्कीसहित ११ पदाधिकारी र ५१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
महाधिवेशनले उपाध्यक्षमा राजेश चन्द, चन्द्रप्रसाद चापागाईं, प्रभुकृष्ण खड्का, हरिशरण सुवेदी, ईश्वरी पाण्डे र केविन्द्र गुरुङलाई निर्वाचित गरेको छ । महासचिवमा उत्तम बोगटी, सचिव नरबहादुर क्षेत्री, अच्युत आचार्य र कोषाध्यक्षमा विष्णुबहादुर गिरी निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई र शुभकामना दिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो जीवनको लामो समय देशभक्तिपूर्ण सैनिक सेवामा बिताएका अवकाशप्राप्त सैनिकले बाँकी जीवन देश र समाजका लागि समर्पित गर्नुपर्नेमा जोड दिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend