काठमाडौँ। हप्ताको पहिलो दिन आज सेयर बजारमा परिसूचक नेप्सेसहित सबै उपसमूहका सूचक बढेका छन् । यसदिन नेप्से परिसूचक ४०.४ अंक बढेर १९८० अंकमा पुगेको छ । ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । यो कारोबार रकम पछिल्ला दिनको औसतभन्दा बढी हो ।
कुल २१२ कम्पनीको मूल्य बढ्दा ६ को घट्यो भने ५ को स्थिर रहृयो । बैंकिङ ८.८, विकास बैंक १६५, फाइनान्स ९१, होटल तथा पर्यटन ५२, जलविद्युत् ५६, जीवन बीमा १८७, उत्पादन १७१, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा १६५, अन्य २७ र ब्यापार उपसमूह ९५ अंक बढे । प्रतिशतका आधारमा फाइनान्स उपसमूह सबैभन्दा धेरै ५ प्रतिशत बढ्यो ।
भूगोल इनर्जी र सिटी होटलको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । भूगोल इनर्जीको २४५.३० र सिटीको मूल्य प्रतिकित्ता १२२.२० रुपैयाँ कायम भएको छ । सीटीको आइतबारदेखि नै कारोबार भएको हो । कारोबार रकमका आधारमा नागरिक लगानी कोष, शिवम् सिमेन्ट, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल टेलिकम र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend