काठमाडौँ। हप्ताको पहिलो दिन आज सेयर बजारमा परिसूचक नेप्सेसहित सबै उपसमूहका सूचक बढेका छन् । यसदिन नेप्से परिसूचक ४०.४ अंक बढेर १९८० अंकमा पुगेको छ । ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । यो कारोबार रकम पछिल्ला दिनको औसतभन्दा बढी हो ।
कुल २१२ कम्पनीको मूल्य बढ्दा ६ को घट्यो भने ५ को स्थिर रहृयो । बैंकिङ ८.८, विकास बैंक १६५, फाइनान्स ९१, होटल तथा पर्यटन ५२, जलविद्युत् ५६, जीवन बीमा १८७, उत्पादन १७१, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा १६५, अन्य २७ र ब्यापार उपसमूह ९५ अंक बढे । प्रतिशतका आधारमा फाइनान्स उपसमूह सबैभन्दा धेरै ५ प्रतिशत बढ्यो ।
भूगोल इनर्जी र सिटी होटलको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । भूगोल इनर्जीको २४५.३० र सिटीको मूल्य प्रतिकित्ता १२२.२० रुपैयाँ कायम भएको छ । सीटीको आइतबारदेखि नै कारोबार भएको हो । कारोबार रकमका आधारमा नागरिक लगानी कोष, शिवम् सिमेन्ट, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल टेलिकम र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend