काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालले पनि आफ्नो सांस्कृतिक नक्सा जारी गरेर आफ्नो हक खोज्नुपर्ने उल्लेख गरेका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले नेपाली भूमि दिएर भारतको बाटो प्रयोग गर्ने विषयमा नेपालले असहमति जनाउनु पर्ने बताए।
‘भारतले आफ्नो साँस्कृतिक नक्सा जारी गर्छ भने नेपालले पनि आफ्नो साँस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्छ,’ उनले भने, ‘यसमा भारतले कुनै चासो दिँदैन होला।’
फरक प्रसंगमा महामन्त्री थापाले अब पार्टी सभापतिको बाटो हेरेर नबस्ने बताए।
‘सभापतिले गर्नुहुन्छ भनेर बाटो हेरेर बस्दैनौं,’ उनले भने।
सभापतिको एकल अधिकार बाहेकका कुनै पनि काम अब बाँकी नराखी अगाडि बढ्ने उनले बताए।
‘कति काम पार्टीको सभापतिले मात्रै गर्न पाउने व्यवस्था छ। केन्द्रीय कमिटीको बैठक सभापतिले मात्रै बोलाउनु पाउनुहुन्छ। मैले बोलाएँ भने पार्टी अप्ठ्यारोमा पर्छ। तर लामो समयदेखि बैठक बसेको छैन। हामीले सभापतिलाई बैठक बोलाउनुहोस् भनेर दबाब दिनुपर्छ,’ उनले भने।
पार्टीका नेता/कार्यकर्ताले दुई जना महामन्त्रीबाट आशा राख्नु स्वाभाविक भएको उनले बताए।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend