Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजार बढ्यो, २ अर्ब ३६ करोड रुपैयाँको कारोबार


    बुधबार, जेष्ठ २४ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सेयर बजार आज सामान्य बढेको छ । हिजो २५ दशमलव ६६ अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६८ अङ्कले बढेर एक हजार नाै सय ३२ दशमलव ३३ अङ्कमा पुगेको छ ।

    आज व्यापार समूहको शेयर उच्च अङ्कले बढेको छ । आज कारोबार रकम पनि बढेको छ । दुई सय ६१ वटा कम्पनीका ६५ लाख ६१ हजार कित्ता शेयर दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको १० करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तकाे शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सिद्धार्थ इक्युटी फन्डकाे शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार