Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता


    बिहिबार, जेष्ठ १८ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ ।

    हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरू भएको हो । भेटवार्तामा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ ।

    प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजनासमेत गरेका स्रोतले बताएको छ।

    प्रधानमन्त्री प्रचण्डले आजै ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४ः३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् ।

    साँझ सवा ६ बजे होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्नेछन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार