काठमाडौँ। अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले राष्ट्रपति रामचन्द्र पौडेललाई गाली नगर्न अनुरोध गरेका छन्।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक बुधबार वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि अहिले उनको आलोचना र विरोध चर्को भइरहेको छ।
यही विषयमा गिरीले यसमा राष्ट्रपति पौडेलको कुनै दोष नभएको भन्दै गाली नगर्न अनुरोध गरेका हुन्।
राजा फालेर राष्ट्रपति ल्याएको नै प्रधानमन्त्री र संसद्लाई शक्तिशाली बनाउनलाई भएको उल्लेख गर्दै अभिनेता गिरीले नागरिकता विधेयक प्रमाणीकरणका लागि जसले सिफारिस गर्यो ऊ नै दोषी भएको दाबी गरेका छन्।
‘राजा फालेर राष्ट्रपति ल्याएको नै प्रधानमन्त्री र सदनलाई पावरफुल बनाउनलाई हो’, गिरीले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘गालीचाहिँ राष्ट्रपतिलाई किन? जसले सिफारिस गरे उनै दोषी हुन्।’
यसअघि तत्कालीन राष्ट्रपति भण्डारीले संसद्बाट दुई-दुईपटक पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगर्दा राष्ट्रपतिकै कार्यालयमा अड्किएको नागरिकता विधेयक सरकारको सिफारिसमा वर्तमान राष्ट्रपति पाैडेलले बुधबार प्रमाणीकरण गरेका हुन्।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend