काठमाडौँ। अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले राष्ट्रपति रामचन्द्र पौडेललाई गाली नगर्न अनुरोध गरेका छन्।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक बुधबार वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि अहिले उनको आलोचना र विरोध चर्को भइरहेको छ।
यही विषयमा गिरीले यसमा राष्ट्रपति पौडेलको कुनै दोष नभएको भन्दै गाली नगर्न अनुरोध गरेका हुन्।
राजा फालेर राष्ट्रपति ल्याएको नै प्रधानमन्त्री र संसद्लाई शक्तिशाली बनाउनलाई भएको उल्लेख गर्दै अभिनेता गिरीले नागरिकता विधेयक प्रमाणीकरणका लागि जसले सिफारिस गर्यो ऊ नै दोषी भएको दाबी गरेका छन्।
‘राजा फालेर राष्ट्रपति ल्याएको नै प्रधानमन्त्री र सदनलाई पावरफुल बनाउनलाई हो’, गिरीले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘गालीचाहिँ राष्ट्रपतिलाई किन? जसले सिफारिस गरे उनै दोषी हुन्।’
यसअघि तत्कालीन राष्ट्रपति भण्डारीले संसद्बाट दुई-दुईपटक पारित गरेर पठाउँदा पनि प्रमाणीकरण नगर्दा राष्ट्रपतिकै कार्यालयमा अड्किएको नागरिकता विधेयक सरकारको सिफारिसमा वर्तमान राष्ट्रपति पाैडेलले बुधबार प्रमाणीकरण गरेका हुन्।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend