काठमाडौँ । निर्माता तथा निर्देशक सन्तोष सेनले निर्माता तथा कलाकार दीपकराज गिरीबीच नयाँ विवाद शुरु भएको छ । गिरीले एक टेलिभिजन अन्तर्वार्तामा सेनलाई ‘साइबर सेनाको कमाण्डर’ भनेको विषयले दुवैबीचको विवाद सतहमा आएको हो ।
बुधबार बुधबार सामाजिक सञ्जालमा एक लामो भिडियो पोष्ट गर्दै निर्माता निर्देशक सेनले गिरीले लगाएको आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् । साथै सेनले गिरीको फिल्मले २० करोड कमाउँदा सिनेमा उद्योगले के पायो भन्दै प्रश्न समेत गरेका छन् ।
उनले भनेका छन्- ‘एकजना मान्छेले एउटा सिनेमा बनाएर २० करोड कमाउदैमा सिनेमा इन्डस्ट्री धानिँदैन । घाटामा जाने सिनेमाको पनि यो चलचित्र उद्योगलाई अगाडि बढाउन उत्तिकै हात छ ।’ साथै उनले आफुले सधै पुरै सिनेमा उद्योगलाई हित र फाइदा हुने काम गरिरहेको दाबि गर्दै गिरीलाई आफ्नो दायराभन्दा बाहिर आएर फिल्म निर्माण गर्न र उद्योगमा योगदान गर्न आग्रह समेत गरेका छन् ।
उनले आफूलाई ‘साइबर सेना’ को कमान्डर भनिएको कुराको जरासम्म पुगेर पत्ता लगाउने बताउदै यो नेपाली फिल्मका दर्शकलाई समेत भनेको बताएका छन् । उनले गिरीले दर्शकहरुलाई साइबर सेना भनेर अपमान गरेको बताउदै गिरीले भनेको कुरालाई प्रमाणित गर्नुपर्ने बताएका छन् ।
साथै सेनले आउँदो आफ्नो चलचित्र ‘बलिदान’को हिरो समीर भट्ट ‘१२ गाउँ’ मा रहेकाले आफ्नो समर्थन स्वाभाविक रुपमा उनलाई रहेको स्पष्ट गरेका थिए ।
सेनले गिरीलाई मनमा तुष राखेर बाहिर मिठो नबोल्न सुझाव पनि दिएका छन् । उनले समीर भट्टको उदयलाई उनले काठमाडौं महानगरमा बालेन शाहको उदयसँग तुलना गरेका छन् ।
साथै १२ गाउँमा समिरले गरेको परफरमेन्सप्रति नेपाली सिनेमा क्षेत्र मनदेखि खुशी नभएको र उनलाई समर्थन नगरेको आरोप समेत लगाए ।
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend