काठमाडौं । चर्चित अभिनेता दीपकराज गिरीले नेपाली चलचित्रलाई समयानुकुल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीति शरीरको मुटु भएको र नेपालीहरु राजनीतिबाट हामी टाढा बस्नै नसक्ने बताए । उनले धेरै नेताहरु आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिने गरेपनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समायानुकुल आफूलाई परिवर्तन गर्नसक्ने क्षमताको नेता भएको बताए ।
उनले भने, ‘हामीले चलचित्र समयानुकुल परिवर्तन गर्दै जानुपर्छ । राजनीति भन्ने चिज शरीरको हार्ट र मुटु हो । राजनीतिबाट हामी टाढा बस्नै सक्दैनौँ । धेरै नेताहरु आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिएको देख्छु तर केपी शर्मा ओलीमा अहिलेको समाजसँग परिवर्तन गर्दै जाने खुबी छ । उहाँमा सबै किसिमको ज्ञान छ । उहाँका पोस्ट र व्यक्तिगत रुपमा भेट्दा पनि राम्रो लाग्छ । आफूलाई समयानुसार अपग्रेट गर्नुपर्छ । यो कुरा चलचित्रमा लागू हुन्छ । हास्यव्यंग्यको कुरा गर्दा मलाई नै भन्छन्, तँ भन्दापनि ठूलो हास्यव्यंग्यकर्मी उहाँ हो । व्यंग्यको चेत भनेको ठूलो कुरा हो, व्यंग्य गर्न थुप्रै अध्ययन चाहिन्छ ।’
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend