Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दीपकराज गिरीको चेतावनी- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु


    शुक्रबार, कार्तिक ३० २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कलाकार, निर्देशक तथा फिल्म निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा गरेको पोष्टको चर्चा हरेक दिन हुने गर्दछ ।

    यसैबीच गिरीले पछिल्लो पटक सामाजिक सञ्जालमा आफुलाई महानायक नभन्न आग्रह गर्दै महानायक भनेर सम्बोधन गरेमा फेसबुकमा ब्लक गरिदिने चेतावनी दिएका छन् ।

    गिरीले आफूले कहिल्लै पनि यो पद दाबी नगरेको बताउँदै आफूलाई महानायक भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् ।

    उनले भनेका छन्-    

    अर्को सानो जानकारी गराउँदैछु, आजबाट जस जसले मलाई महानायक सम्बोधन गर्नु हुन्छ उहॉलाई मेरो फेसबुकमा ब्लक गर्दैछु, यो पद न मैले कहिले दाबी गरेको थिएँ न गर्नेछु…तर मैले बारम्बार भन्दा पनि भेडापन्थी  देखाउने मानिस कमसेकम मेरो फ़ेसबुकमा जोडिन सक्दैन …फरक बिचार स्वागत असभ्यता अस्वीकार…शुभदिन !

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार