Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सांसद दाहालमाथि ओलीले पोखे आक्रोश – जँड्याहाले पनि यस्तो बोल्दैन, संसद्मा तथ्यहीन बोल्ने


    शुक्रबार, जेष्ठ १२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पुर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी प्रकरणमा तथ्यहीन आरोप लगाएको भन्दै आक्रोश देखाएका छन्।

    पार्टी कार्यालयमा जारी अनुशिक्षणमा अध्यक्ष ओलीले एमालेलाई चौतर्फी घेराबन्दी भइरहेको र त्यसैको कडीकोरूपमा यसलाई बुझ्नुपर्ने बताए।

    ‘अस्तिका दिनमात्रै एकजना माओवादी सांसदले रोष्ट्रममा उभिएर बोल्दा बोल्दा, कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो, कहाँ गयो त्यो पैसा? पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी हालेर भ्रष्टाचार गर्‍यो भनेर बोले,’ उनले भने, ‘हुनैपर्छ संसद अवरूद्ध, किनभने यस्तो बकवास! जँड्याहाँले जाँड खाएको तालमा पनि त्यस्तो कुरा बोल्दैन।’

    उनले संसद्जस्तो गरिमामय ठाउँमा कोभिड १९ का बेला औषधी उपकरण खरिद्मा दुई अर्ब खाएको भन्ने आरोप लगाएको भन्दै आक्रोश पोखे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार