काठमाडौं । मुलुकमा गणतन्त्र स्थापना भएसँगै देशव्यापी नयाँ सडक सञ्जाल निर्माणको काम पनि थालिएको छ । कम समय र खर्चमा सङ्घीय राजधानीबाट तराईतर्फको आवागमन सहज होस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराईरमधेश द्रुतमार्ग (फास्ट ट्र्याक), पूर्वदेखि पश्चिमसम्मको भूभागलाई जोड्न अगाडि सारिएका पुष्पलाल ९मध्य पहाडी० लोकमार्ग र मदन भण्डारी लोकमार्ग उल्लेख्य छन्।
त्यसैगरी उत्तर दक्षिण (कोशी कोरिडोर) आयोजना, उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) आयोजना र उत्तर दक्षिण ९कर्णाली कोरिडोर० आयोजना पनि सञ्चालनमा आइसकेका छन्। तथापि सम्बन्धित निकायको लापरबाही, ठेकेदारको बदमासी, जग्गा प्राप्ति जस्ता समस्या देखाएर समय र लागत बढाउने जस्ता समस्या पनि यिनमा रहेको छ।
सुरुमा करिब ६० अर्ब रुपियाँमा निर्माण कार्य सम्पन्न गरिने लक्ष्य लिएको काठमाडौँ–तराईरमधेश द्रुतमार्ग आयोजनाको शिलान्यास २०६६ कात्तिक २३ गते भएको हो। २०६६/६७ को बजेट घोषणामार्फत सो मार्गको ट्र्याक खोल्ने कामको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो तर हालसम्म यसको भौतिक प्रगति २१ प्रतिशत मात्र रहेको छ। राष्ट्रिय गौरवको यस आयोजनाको म्याद थपेर मङ्सिर २०८१ सम्म सक्ने भनिएकोमा पछिल्लो पटक २०८३ चैतसम्म पुनः थप गरेको छ।
विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार, काठमाडौँको प्रस्तावित बाह्य चक्रपथको सानो खोकनादेखि बारा जिल्लाको निजगढसम्म सो मार्गको दूरी ७३ किलोमिटर रहेको छ। यो मार्गको निर्माणपछि प्रतिघण्टा ८० किलोमिटरको गतिमा सवारी गुड्ने क्षमताको हुनेछ। समतल सतहमा यो मार्गको चौडाइ २२ मिटरको हुनेछ। आयोजनाका अनुसार प्रस्तावित द्रुत मार्गमा १।३५० किलोमिटरको सुरुङ मार्ग तथा ९६ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ। यो मार्ग सिधै निजगढ जाने भएकाले बिचमा १७ किलोमिटर लम्बाइको सडकले हेटौँडालाई जोड्ने छ।
त्यसैगरी पूर्वको पाँचथरको चियो भन्ज्याङदेखि पश्चिम बैतडीको झुलाघाटसम्म डबल लेन स्तरमा कालोपत्रेसहितको सडक निर्माण गर्ने लक्ष्यसहित अगाडि बढाइएको पुष्पलाल ९मध्य पहाडी० राजमार्ग नामकरण गरी ०६४/६५ बाट आयोजना कार्यान्वयन सुरु भएको हो। यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend