काठमाडौं । आज साताको चौथो कारोबार दिन पनि सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यसदिन बजार परिसूचक नेप्से १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा बन्द भएको छ ।
गत साताको सोमबार एकल अंकको सामान्य गिरावट भएर मंगलबारदेखि बढ्न सुरु भएको नेप्से त्यसयताको ७ औं दिन पनि लगातार वृद्धि भएको छ ।
१ जेठ सोमबारको ‘इन्ट्रा–डे’ कारोबारमा करिब एक वर्ष यताकै न्यून विन्दु १८०७.५३ अंकको विन्दुमा झरेर सोही दिन १८१८.३१ अंकमा बन्द भएको नेप्से त्यसपछिको ७ कारोबार दिनमा लगातार वृद्धि हुँदा १४०.८१ अंकले वृद्धि भएको छ । बुधबार नेप्सेमा वित्त कम्पनी, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचकमा गिरावट हुँदा अन्य उपसूचकहरु भने बढेका छन् । हाइड्रोपावर उपसूचक ०.३१ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.२१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी सर्वाधिक ०.४५ प्रतिशतले गिरावट भएको छ । उत्पादनमूलक उपसूचक सर्वाधिक ४.६९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक ४.४७ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेमा वृद्धि भएपनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम घटेको छ । मंगलबार १४ फागुन २०७९ यताकै उच्च २ अर्ब २० करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकममा केही संकुचित भएको हो । बुधबार ३४ हजार ८४१ वटा कारोबारमा ४८ लाख ६५ हजार ४७५ कित्ता सूचीकृत धितोत्रप किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको मात्रै करिब १४ करोड ६५ लाखको कारोबार हुँदा नेशनल लाइफको करिब ७ करोड ७५ लाख र हिमालयन डिस्टलरीको ५ करोड ८१ लाखको कारोबार भएको छ ।
बुधबार नेप्सेमा कुल २२१ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ७ कम्पनीको सेयरमूल्य स्थिर छ ।
यता सानिमा इक्विटी फण्डको इकाइमूल्य सर्वाधिक ३.७७ प्रतिशतले घट्दा अजोड इन्स्योरेन्सको सेयरमूल्य ३.६३ प्रतिशत र सुपरमाइ हाइड्रोपावरको सेयरमूल्य ३.४० प्रतिशतले गिरावट भएको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend