Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपचारपछि संसद पुगे चन्द्र भण्डारी


    बुधबार, जेष्ठ १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी तीन महिनापछि प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन्।

    सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधि सभा बैठकमा सांसद भण्डारीले बोलेका छन्।

    भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए। घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ मा निधन भएको थियो।

    फागुन ४ मा भण्डारीलाई थप उपचारका लागि भारत लगिएको थियो। उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर गत वैशाख १७ मा स्वदेश फर्किएका थिए।

    ‘बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा त हाम्रो पाठ्यक्रममा हुनुपर्‍यो नि,’ उनले भने, ‘विद्यार्थीले त जान्नुपर्‍यो नि।’

    उनले आमजनतालाई आवश्यक कुरा सिकाइनुपर्ने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार