Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • कोशी अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु


    सोमबार, भाद्र २२ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा आज थप एक जना कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ ।

    विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको केन्द्रमा मुख्य व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

    श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि यही शनिबार केन्द्रमा ल्याइएको थियो । ती वृद्ध यही भदौ ११ गते सङ्क्रमित भएका थिए भने नौ दिनदेखि होम आइसोलेzनमा बसिरहेको व्यवस्थापक बस्नेतले बताए । वृद्ध लामो समयदेखि उच्च रक्तचापबाट पीडित रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार