Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सेयर बजार: ५१ अंकले वृद्धि हुँदा कारोबार रकम २ अर्ब नाघ्यो


    मंगलबार, जेष्ठ ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आज साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारले ५१ अंकको छलाङ मारेको छ । यसदिन बजारको परिसूचक नेप्से ५१.३१ ले बढेर १९४२ अंकमा कायम भएको छ । यसअघि सोमबार ८ अंकले नेप्से बढेको थियो । योसँगै लगातार ६ दिनसम्म बजार हरियो बनेको छ । कुल २१९ कम्पनीको मूल्य बढ्दा २ को घट्यो भने १ को स्थिर रहृयो ।

    यस दिन कारोबार रकम २ अर्ब २० करोड पुगेको छ । यसअघि सोमबार कुल १ अर्ब २७ करोडको कारोबार भएको थियो । सेयर बजारका सबै उपसमूह बढेका छन् । बैंकिङ २१, विकास बैंक ८२, फाइनान्स ४९, होटल तथा पर्यटन १२८, जलविद्युत् ६४, जीवन बीमा ३६५, उत्पादन १८३, माइक्रोफाइनान्स १३७, निर्जीवन बीमा ३५५, व्यापार ८० र अन्य उपसमूह ३१ अंक बढे ।

    धेरै मूल्य बढ्ने कम्पनीमा कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्त रहे । यी सबै कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । रिभर फल्स पावर र अजोड इन्स्योरेन्सको मूल्य ८ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, एनआईसी एसिया बैंक, हिमालयन एभरेस्ट इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार