Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • वीरगञ्जमा ५४ वर्षीय कोरोना संक्रमितको मृत्यु


    सोमबार, भाद्र २२ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । वीरगञ्जमा थप एकजना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। वीरगञ्ज हेल्थ केयर अस्पतालको आईसीयूमा उपचार गराइरहेका ५४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।

    वीरगञ्ज महानगरपालिका ३० निवासी उनलाई गत भदौ १५ गते अस्पताल भर्ना गरिएको थियो। मृगौलाका रोगी उनीमा मधुमेह र उच्च रक्तचापको समस्या समेत रहेको बताइएको छ । 

    मृतक पुरूषको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

    सोमबार नै कोरोना आशंका गरिएका २३ वर्षीय युवकको पनि वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ। उनको पीसीआर रिपोर्ट भने आउन बाँकी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार