जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साहले अन्ततः पत्रकारहरुसंग माफी मागेका छन् । चार दिन अघि जनकपुरधामको रामान्नद चोक स्थित परफेक्ट् प्लाजामा नेपाल बार एशोसिएसन जनकपुरधामका उप–सभापति विमल कुमार मिश्र र तत्कालिन उपमहानगरपालिकाका कानूनी सल्लाहकार विजय प्रताप सिंहको पहलमा भएको छलफलमा साहले गल्ती स्वीकार गरेपछि सोमबार धनुषा जिल्ला अदालतमा बेञ्च नम्बर ४ का न्यायधिश भिष्मराज प्रसाइ समक्ष उनले आफुहरुबाट भएको कमी कमजोरी लिखित रुपमा स्वीकार्दै मुद्दा फिर्ता लिन वादीहरु संग आग्रह गरेपछि मिलापत्र भएको हो ।
झण्डै ४ वर्ष देखीको लगातार पेशी पछि गाली बेइजती सम्बन्धि चलेको मुद्दामा अन्ततः निवर्तमान मेयर लालकिशोर साहकै आग्रहमा नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष अनिल कुमार मिश्र, कान्तिपुर टिभिका पत्रकार अमरकान्त ठाकुर, एपीवन टिभिका मधेश प्रदेश ब्यूरो प्रमुख विकास साहलगायतले मिलापत्र गरेको हो ।सोमबार अदालतमा निवर्तमान मेयर लालकिशोर साह र उनका तत्कालीन चालक गंगाराम मण्डल भौतिकरुपमै उपस्थित भई न्यायधिश प्रसाइ समक्ष घटना स्वीकार गरेका थिए ।
०७६ पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकामा केही संचारकर्मीहरुले जानकी मन्दिरको पर्खाल मापदण्ड विपरित भत्काइएको सन्दर्भ र ८५ लाख रुपैयाँको चलखेल गरिएको गुनासो पछि सत्यतथ्य बुझ्न कार्यालयमै गइ प्रतिक्रिया लिन पुगे पछि सो घटना भएको थियो । तर लालकिशोर साहले आफ्नो कार्यकक्षमै पत्रकार अमरकान्त ठाकुर, अनिल कुमार मिश्र, सुभाष कर्ण, सुमित मिश्र, राजा झालगायतलाई गाली बेइज्जती गर्दै कार्यकक्ष बाहिर लगि अमानवीय व्यवहार गरेकोे थियो । यसअघि पनि अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय धनुषाले दुई जनालाई दोषि ठहर गरेको थियो । धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले २०७८ असार २३ गते व्यवसायी धर्मेन्द्र साहलाई ५ सय र निवर्तमान मेयर साहका सचिवालयमा रहेका उपेन्द्र कुमार साहलाई १ हजार रुपैयाँ दण्ड जरिवानाको फैसला गरेको थियो ।
तर यस घटनामा उल्टै निवर्तमान मेयर साहले आफ्नो गल्ती ढाकछोप गर्न उपमहानगरपालिकाको कामकाज १० दिनसम्म ठप्प गरी कार्मचारी र आफ्ना समर्थकहरुबाट पत्रकारहरु विरुद्ध नारा जुलुससमेत गर्न लगाएका थिए ।आफ्नो गल्ती र कमीकजोरी ढाकछोप गर्न जनकपुरधाम उपमहानगरपालिकाकै कमकाज बन्द गरेपछि सेवाग्राहीहरु समस्यामा परेका थिए । सेवाग्राही र नागरिक समाजको दबाबपछि उपमहानगरपालिकाको कामकाज सुचारु भएको थियो ।
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ। आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend