रौतहट। रौतहटको चन्द्रनिगाहपुर स्थित माछापुच्छ्रे बैक लिमिटेडको शाखाबाट एक सेवाग्रहीको खाताबाट ९ लाख रकम हराएको छ । आइतबार ८ लाखको चेक साट्न गएका बृन्दावन नगरपालिका-३ का रामेश्वरराय यादवको खाताबाट ९ लाख रकम गायब भएको हो।
गत शुक्रबारसम्म उनको खातामा १२ लाख २० हजार रकम जम्मा थियो। बृन्दावन नपाका पूर्व वडाध्यक्षसमेत रहेका सेवाग्राही यादवको खाताबाट रकम हराएपछि आइतबार दिनभर स्थानीयले बैंकमा भेला भएका थिए। गत बिहीबार उनले १२ लाख २० हजार रकम माछापुछ्रे बैंकमा जम्मा गर्न चेक (क्लिरियन्समा) दिएका थिए।
शुक्रबार दिउँसो ३ बजे उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाइलमा म्यासेज समेत आएको थियो। आइतबार ८ लाखको चेक लिएर साट्न गएका सेवाग्राही यादवले खाताबाट ९ लाख हराएको जानकारी पाएका थिए।
बैंकका कर्मचारीले ह्यकरले झिकेको हुन सक्ने बताएका छन्। माछापुच्छे बैंकका चन्द्रपुर शाखा प्रमुख रामजी दाससँग बुझ्दा प्रमुख दासले ह्याकरले पैसा लगेको जवाफ दिएका छन्। शाखा प्रमुख दासले भने ‘ह्याकरले सेवाग्राही यादवको खाताबाट पैसा तानेको छ, यसमा हामि केही गर्न सक्दैनौ।’
शाखा प्रमुख दासले खातावालालाई आफैं पत्ता लगाउनु भने पछि बैंकमा पीडितका आफन्तले बैंकले गैरजिम्मेवारपूर्ण व्यवहार गरेको गुनासो गरेका छन्।
ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरीको टोलीले रकम हराएको घटनामा अनुसन्धान थालेको छ।
खातावाला पीडित यादवले बैंककै कर्मचारीको मिलोमतोमा पैसा गायब भएको आरोप लगाएका छन्। खाताबाट पैसा हरायो भनेर बिहानै जानकारी गराउँदासमेत बैंक प्रमुख दासले बेवास्ता गरेको पीडितको भनाई छ।
सेवाग्राहीको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाइल प्रयोग गरी रकम निकालेको पाइएको छ। खातावाला यादवको खाताबाट रकम सिटिजन बैंक , सानीमा बैंकमा ट्रान्सफर भएको शाखा प्रमुख दासले बताए।
ईलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपि एकनारायण कोईरालाले सेवाग्राही यादवको खाताबाट रकम हराएको विषयमा अनुसन्धान शुरु गरेको जानकारी दिए। बृन्दावन नगरपालिकाका पूर्व मेयर रामस्नेही राय यादवले भने बैंकका शाखा प्रमुख दास जवाफदेही नदेखिएको बताए।
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ...
काठमाडौं। सम्पत्ति शुदीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट्ले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको...
काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा.गोविन्द केसीले इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका छन् । उनले बिहीबार...
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । आज इजलास बस्नु अगाडि शर्माले फुलकोर्ट बोलाएका हुन् । पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend