Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय संसदका दुवै सदनमा आज पनि नीति कार्यक्रममाथि छलफल हुने


    सोमबार, जेष्ठ ८ २०८०
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेपछि बस्ने भएको हो ।

    दुवै सदनमा आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रतिनिधिसभामा हिजो नै छलफल सुरु भएको थियो ।

    हिजो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए । आज दुवै सभाका सदस्यहरू छलफलमा सहभागी हुने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार