Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाल्पा अस्पताल सिल


    सोमबार, भाद्र २२ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रामपुर । पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताउनुभयो ।

    गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आउनुभएकी तानसेन नगरपालिका–११ बस्ने ८२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उहाँ पाल्पा अस्पतालमा कार्यरत कर्मचारीकी आमासमेत हुनुहुन्छ । अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिरामी, बिरामीकी छोरी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टिनमा राखिएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार