Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाभाइरसबाट इजरायलमा मृत्यु हुनेको संख्या एक हजार बढी


    आइतबार, भाद्र २१ २०७७
    745
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी ।  इजरायलमा नयाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । संक्रमण फैलिनबाट रोक्न सरकारले कडा नयाँ नियमहरु पनि घोषणा गर्न थालेको छ । 

    इजरायलले कोरोना नियन्त्रणका लागि शुरुमा अपनाएका विधिप्रति धेरैले सकारात्मक रुपमा लिएका थिए । तर मे महिनामा नियमहरुलाई खुकुलो बनाएसँगै नयाँ संक्रमितको संख्या ह्वात्तै बढेको थियो । 

    प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विरोधमा भइरहेको साप्ताहिक प्रदर्शनका कारणले पनि संक्रमण फैल्याउन मद्दत गरेको छ । 

    पछिल्ला दिनहरुमा दैनिक तीन हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिन थालेको छ । सरकारले संक्रमण रोक्न राष्ट्रव्यापी लकडाउन गर्ने सोचाई पनि अघि सारेको छ । 

    समग्रमा इजरायलमा एक लाख ३० हजार संक्रमित भएका छन् जसमा २६ हजारभन्दा बढी व्यक्ति संक्रमणकै स्थितिमा रहेका छन् । 

    प्रधानमन्त्री नेतन्याहूले नियुक्त गर्नुभएका कोरोनाभाइरस परियोजना व्यवस्थापक डा रोन्नी गाम्जुको परामर्शमा सेनाले कोरोना संक्रमण रोक्न गत महिना एउटा कार्यदल गठन गरेको छ । यसले मुख्य कार्य नै संक्रमित व्यक्तिको सम्पर्क पहिचान गर्ने र संक्रमणको शृंखला रोक्ने रहेको छ । 

    इजरायली अधिकारीहरुमाथि व्यवसाय र विद्यालयहरु चाँडै खोलिएको भन्दै जनस्तरबाट आक्रोश व्यक्त भइरहेको छ । 
    ––

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार