Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिकित्सा सामग्री तातोपानी आइपुग्यो


    शुक्रबार, चैत्र १४ २०७६
    920
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, १४ चैत । चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । 

    सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए। 

    सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ । स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ । 

    ती सामग्रीको आयातसँगै तातोपानी नाका विधिवत् रुपमै पुनःसञ्चालन हुने खत्रीले बताए  । ‘बिहीबार जाँचपास गर्न पत्र आएको छ, आज ९शुक्रबार०देखि मालवस्तु जाँचपास सञ्चालन हुन्छ’,  खत्रीले भने  । 

    अहिले नाकाबाट फलफूल र चिकित्सा सागग्री मात्रै आउने गरेको छ  । तातोपानी नाका सञ्चालनका लागि सबै तयारी पूरा भएको पनि उनले जानकारी दिए ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार