काठमाडौं । प्रजातान्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनले कुलचन्द्र वाग्लेको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यकारिणी समिति निर्वाचित गरेको छ । बिहीबार सम्पन्न समाजको महाधिवेशनले ३ बर्षे कार्यकाल लागि निर्विरोध रूपमा नयाँ समिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा डा. ईश्वरीराज लौडारी र गोकर्ण अर्याल तथा उपाध्यक्षमा कृष्ण केसी चयन भएका छन् । प्रदेश उपाध्यक्षहरूमा जीवनकुमार राई (कोशी), रामनारायण देव (मधेश), भरतप्रसाद दवाडी (बागमती), जीवलाल काफ्ले (गण्डकी), शंकरदिवस मजगैया (लुम्बिनी), ध्रुवबहादुर मल्ल (कर्णाली) र सुरेन्द्रबहादुर चन्द (सुदूरपश्चिम) निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
महिला उपाध्यक्षद्वयमा अनार बस्नेत र मेनका राजभण्डारी श्रेष्ठ तथा महासचिवमा डा. वासुदेव भण्डारी, उपमहासचिवमा सीभी मल्ल, कोषाध्यक्षमा पुष्पमान श्रेष्ठ र सचिवमा अक्कलदेव मिश्र निर्वाचित भएका छन् ।
समाजको १९ जना केन्द्रीय सदस्यमा हरिसिंह केसी, नेत्रप्रसाद भट्टराई, वीरेन्द्र थपलिया, सचितानन्द उप्रेती, डा. बद्री रिजाल, जानुका पन्त ढुंगाना, मीना पुन, दीपक खतिवडा, धर्मनारायण शाह, महेश्वरनरसिंह केसी, प्रा.डा. देवीप्रसाद कँडेल, सुदर्शन आचार्य, नरेन्द्रकुमार गुरुङ, प्रा.डा. वेदनाथ शर्मा, शिवहरि नेपाल, दिव्यालक्ष्मी बज्राचार्य, मनोहर पराजुली, रामचन्द्र चालिसे र हुद्धराज तिमल्सिना चयन भएका छन् ।
समाजको १२ औं राष्ट्रिय महाधिवेशनले १० बुँदे काठमाडौं घोषणापत्र पारित गरेको छ । प्रजातान्त्रिक मूल्य मान्यता र संस्कारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित २०५२ सालमा प्रा. वासुदेवचन्द्र मल्लको नेतृत्वमा स्थापना भएको यस समाजले लोकतन्त्र संकटोन्मुख हुँदा यसको संरक्षणमा आफूलाई दर्बिलो रुपमा उभ्याउँदै आएको छ ।
झण्डै तीन दशक लामो यात्रामा यस संस्थालाई आजको दिनसम्म ल्याउन अतुलनीय योगदान गर्नुहुने संस्थापक अध्यक्ष, स्वर्र्गीय मल्लसहित विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्नुहुने पदाधिकारीदेखि निवर्तमान अध्यक्ष डा.केदारनरसिंह केसीसम्म सबै धन्यवाद पात्र भएको घोषणापत्रमा उल्लेख छ ।
काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा.गोविन्द केसीले इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका छन् । उनले बिहीबार...
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । आज इजलास बस्नु अगाडि शर्माले फुलकोर्ट बोलाएका हुन् । पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द...
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको...
काठमाडौँ। सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमलाई विस्तार गर्ने भएको छ। अब बिल लिने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend