Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा वाग्ले, महासचिवमा भण्डारी


    बिहिबार, जेष्ठ ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रजातान्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनले कुलचन्द्र वाग्लेको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यकारिणी समिति निर्वाचित गरेको छ । बिहीबार सम्पन्न समाजको महाधिवेशनले ३ बर्षे कार्यकाल लागि निर्विरोध रूपमा नयाँ समिति चयन गरेको हो ।

    समितिको वरिष्ठ उपाध्यक्षमा डा. ईश्वरीराज लौडारी र गोकर्ण अर्याल तथा उपाध्यक्षमा कृष्ण केसी चयन भएका छन् । प्रदेश उपाध्यक्षहरूमा जीवनकुमार राई (कोशी), रामनारायण देव (मधेश), भरतप्रसाद दवाडी (बागमती), जीवलाल काफ्ले (गण्डकी), शंकरदिवस मजगैया (लुम्बिनी), ध्रुवबहादुर मल्ल (कर्णाली) र सुरेन्द्रबहादुर चन्द (सुदूरपश्चिम) निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    महिला उपाध्यक्षद्वयमा अनार बस्नेत र मेनका राजभण्डारी श्रेष्ठ तथा महासचिवमा डा. वासुदेव भण्डारी, उपमहासचिवमा सीभी मल्ल, कोषाध्यक्षमा पुष्पमान श्रेष्ठ र सचिवमा अक्कलदेव मिश्र निर्वाचित भएका छन् ।

    समाजको १९ जना केन्द्रीय सदस्यमा हरिसिंह केसी, नेत्रप्रसाद भट्टराई, वीरेन्द्र थपलिया, सचितानन्द उप्रेती, डा. बद्री रिजाल, जानुका पन्त ढुंगाना, मीना पुन, दीपक खतिवडा, धर्मनारायण शाह, महेश्वरनरसिंह केसी, प्रा.डा. देवीप्रसाद कँडेल, सुदर्शन आचार्य, नरेन्द्रकुमार गुरुङ, प्रा.डा. वेदनाथ शर्मा, शिवहरि नेपाल, दिव्यालक्ष्मी बज्राचार्य, मनोहर पराजुली, रामचन्द्र चालिसे र हुद्धराज तिमल्सिना चयन भएका छन् ।

    समाजको १२ औं राष्ट्रिय महाधिवेशनले १० बुँदे काठमाडौं घोषणापत्र पारित गरेको छ । प्रजातान्त्रिक मूल्य मान्यता र संस्कारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित २०५२ सालमा प्रा. वासुदेवचन्द्र मल्लको नेतृत्वमा स्थापना भएको यस समाजले लोकतन्त्र संकटोन्मुख हुँदा यसको संरक्षणमा आफूलाई दर्बिलो रुपमा उभ्याउँदै आएको छ ।

    झण्डै तीन दशक लामो यात्रामा यस संस्थालाई आजको दिनसम्म ल्याउन अतुलनीय योगदान गर्नुहुने संस्थापक अध्यक्ष, स्वर्र्गीय मल्लसहित विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्नुहुने पदाधिकारीदेखि निवर्तमान अध्यक्ष डा.केदारनरसिंह केसीसम्म सबै धन्यवाद पात्र भएको घोषणापत्रमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार