Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा तेस्रो परीक्षण


    आइतबार, भाद्र २१ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बेइजिङ । चीनमा बनाइएको कोरोनाभाइरस विरुद्धको खोपको परीक्षओ अहिले तेस्रो चरणमा पुगेको छ । 

    अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भैरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूहले विकास गरेको हो । 

    कम्पनीद्वारा एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरुमा परीक्षण भइरहेको जानकारी गराएको छ । 

    चीनमा त्यस बाहेक अर्को खोप पनि विकास गरिएको छ । सो खोप सिनोभाक कम्पनीले विकास गरेको हो । यसको पनि तेस्रो चरणको परीक्षण भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् । एएनआई

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार