बुटवल। बुटवलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्युठानको झिमरुक गाउँपालिका-५ स्थायी घर भई बुटवल उपमहानगरपालिका-१३ जितगढी बस्दै आएका ४५ वर्षीय श्रीधर पोखरेल रहेका छन्।
लु ६३ प ८१८५ नम्बरको मोटरसाइकलमा बुटवलको नयाँगाउँबाट घरतर्फ आउँदै गरेका पोखरेल बुधवार राति करिब ११ बजे पाखापानीमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
गम्भीर घाइते अवस्थामा भेटिएका पोखरेललाई स्थानीय र प्रहरीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।
पश्चिमबाट आएको मोटरसाइकल सडकको विपरित भागमा पल्टिएको भेटिएकोले अनियन्त्रित भई दुर्घटनामा परेको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे सडक छेउछाउमा राखिएका सीसीटीभी फुटेजको आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा.गोविन्द केसीले इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका छन् । उनले बिहीबार...
काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । आज इजलास बस्नु अगाडि शर्माले फुलकोर्ट बोलाएका हुन् । पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द...
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको...
काठमाडौँ। सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमलाई विस्तार गर्ने भएको छ। अब बिल लिने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend