काठमाडौँ। नक्कली शरणार्थी ठगी प्रकरणमा संलग्नहरूलाई कडा कारबाहीको माग गर्दै आज (बिहीबार) काठमाडौंमा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले विरोध प्रदर्शन गर्ने भएको छ।
आयोजक एकीकृत समाजवादी, केन्द्रीय मोर्चा संगठन विभागका अनुुसार विरोध कार्यक्रम आज दिउँसो ३ बजे माइतीघर मण्डलामा आयोजना गरिनेछ।
कार्यक्रमलाई पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने आयोजकले जानकारी दिएको छ।
‘नक्कली भुटानी शरणार्थी काण्डका भ्रष्ट अपराधीहरूलाई कडाभन्दा कडा सजायको माग गर्दै विरोध प्रदर्शन’ गर्न लागिएको जनाइएको छ।
तर आज काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको तथा मौसमविद्ले दिउँसो अझ बढ्ने सम्भावना रहेको बताएकाले विरोध कार्यक्रम प्रभावित हुनसक्ने देखिन्छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेत अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन्।
उनीहरू अहिले काठमाडौं उपत्यकाकै विभिन्न प्रहरी कार्यालयका हिरासतमा छन्। हिजो बुधबार थप ३ दिनको अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend