Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कान्तिपुर मिडियाका सबै मुद्रण भोलिदेखि बन्द 


    शुक्रबार, चैत्र १४ २०७६
    905
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १४ चैत। भोली शनिबारदेखि कान्तिपुर मिडिया गु्रपमा आबद्ध सबै मुद्रण केही दिनको लागि बन्द हुने भएको छ । कोरोनाको विश्वप्यापी प्रभावका कारण लकडाउनको स्थिति आएपछि कान्तिपुरसँगै काठमाडौं पोष्ट, नेपाल साप्ताहिक, नारी र साप्ताहिक पनि केही दिन नछापिने कान्तिपुरका पब्लिकेसनका प्रकाशकले जनाएका छन् ।

    कोरोनाको जोखिमसँगै प्रिन्ट मिडियामा संकट आउन थालेको छ । यसअघि नै साप्ताहिकरुपमा प्रकाशित हुँदै आएको हिमाल खबर पत्रिका पनि बन्द भएको सूचना आएको थियो ।

    राजधानी बाहिरका विभिन्न जिल्लाबाट प्रकाशित हुँदै आएका पत्रिकाहरु पनि धमाधम बन्द हुन थालेका छन् ।

    पत्रिकाबाट कोराना भाइरस सर्न सक्छ भन्ने हल्ला चलेका कारण प्रकाशित हुँदै आएका पत्रिकाको वितरणमा समेत समस्या देखएिको छ । अर्कोतर्फ लकडाउनका कारण पत्रिकाको वितरणमा पनि समस्या देखिएको छ । साइकल र मोटरसाइकलबाट पत्रपत्रिका ढुवानी गर्नेहरुले पनि कोरोनाको जोखिम महसुस गरेपछि पत्रपत्रिकाहरुमाथि संकट आइलागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार