Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्सामा थपिए २४ जना संक्रमित


    आइतबार, भाद्र २१ २०७७
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । पर्सामा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति पर्सा र बाराको गरी ५ सय १० जनाको स्वाब नमूना परीक्षण गएिको थियो। तीमध्ये पर्साका २४ र बाराका दुई गरी २६ जनामा मात्र संक्रमण भेटिएको हो। 

    शनिबार राति पर्साको वीरगञ्ज महानगरपालिकाका २२ जना, जगरनाथपुर र कालीकामाई गाँउपालिकाका १-१ जनामा संक्रमण पुष्टि भएको हो। 

    वीरगञ्ज महानगरपालिकामा थपिएका २२ जनामध्ये दुई जना सशस्त्र प्रहरी र नबिल बैंकका ५ जना कर्मचारी पनि रहेको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसीयाले जानकारी दिए। योसँगै पर्सामा संक्रमितको संख्या २ हजार ३ सय ९१ पुगेको छ।  

    डाक्टर चौरसीयाका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ का दुई जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार