Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो


    शनिबार, भाद्र २० २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ९ को मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले मृतकमा ३ जना महिला र ६ जना पुरुष औपचारिक रुपमा पुष्टि भएको जानकारी गराएका हुन् ।

    यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।

    डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
    त्यसैगरी काठमाडौँका ३ जना ४१ वर्षीय, ५९ वर्षीय र ६५ वर्षीय पुरुषतथा पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुष रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार