Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाकाली नगरपालिकामा स्क्रब टाइफसका तीन बिरामी भेटिए


    शनिबार, भाद्र २० २०७७
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । महाकाली नगरपालिकामा तीन जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको परीक्षणमा तीन जना स्क्रब टाइफसका बिरामीमा भेटिएका हुन् । उच्च ज्वरो भएर उपचारका लागि आएका ११ जना बिरामीको परीक्षण गर्दा तीन जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको सो केन्द्रले जनाएको छ ।  

    स्क्रब टाइफस रोगसँग मिल्दोजुल्दो लक्षण लिएर उपचारका लागि आएका ११ जना बिरामीको आरडीटी परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखापरेको स्वास्थ्य केन्द्रका डा गगन चौधरीले बताए । उनका अनुसार हालसम्म उच्च ज्वरो भएका ५० भन्दा बढी बिरामी उपचारका लागि स्वास्थ्य केन्द्रमा आइपुगेको र तीमध्ये सात जनाको मृत्यु भइसकेको छ ।

     उच्च ज्वरोका कारण मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले स्वास्थ्यकर्मी परिचालन गरेर बिरामी र मृत्यु भएका बिरामीको आफन्तको रगत परीक्षणका लागि नमूना सङ्कलन गरेको थियो । त्यसको नतिजा अहिलेसम्म आएको छैन । 

    परजीवी जातको भुसुना (किर्ना) ले टोकेमा स्क्रब टाइफस रोग लाग्ने स्वास्थ्यकर्मीले बताएका छन् । उनीहरुका अनुसार सङ्क्रमण भएमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखापर्ने, अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन प्रक्रियामा गडबडी हुनेलगायतका लक्षण देखापर्ने गर्छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार