Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हराइरहेकी अल्का अस्पतालकी कर्मचारीको शव भेटियो, हत्या आशंकामा एक पक्राउ


    शनिबार, भाद्र २० २०७७
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको शव भेटिएको छ । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको हो । प्रहरीले गीताको हत्या भएको आशंका गरेको छ। 

    भैंसेपाटी बस्दै आएकी गीताको शव भेटिएसँगे हत्याको आशंकामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गीताको भतिज नाताका निर्मल केसी पक्राउ परेका हुन्। उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

    प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ । केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

    प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार